सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षतिग्रष्त सामुदायिक विद्यालयका भवन तथा स्वास्थ्य संस्थाको पुननिर्माण कार्य तत्काल अघि बढाउने भएको छ । २०८० कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको भुकम्पले क्षतिग्रस्त शिक्षा र स्वास्थ्यका पूर्वाधारको पुननिर्माण तथा नयाँ संरचना निर्माणको कार्य भौतिक पूर्वाधार मन्त्रालयले अघि बढाउने भएको हो । भूकम्पले जाजरकोटमा मात्रै साढे तीन सयबढी विद्यालय भवनहरु क्षतिग्रस्त भएका थिए । जसका कारण पढाई प्रभावित भएको थियो । तर प्रदेश सरकारले निकै जोखिमयुक्त भवनहरु पहिलो चरणमा निर्माण गर्न लागेको छ ।
गत मंसिर १७ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार चालू आर्थिक वर्षभित्रै काम हुने गरि भुकम्पबाट क्षतिग्रष्त विद्यालय र स्वास्थ्य संस्थाका संरचनम पुननिर्माण गर्न छनोट गरिएको छ ।
जसमा जाजरकोटका ३१ वटा सामुदायिक विद्यालय र ११ वा स्वास्थ्य स्वास्थ्य संस्थाको पूननिर्माणका लागि २५ करोड बजेट समेत विनियोजन भईसकेको छ । चालू आर्थिक वर्षको भूकम्पबाट क्षतिग्रष्त सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थाको पुननिर्माण शिर्षकमा २५ करोड बजेट विनियोजन भएकोमा काम अघि बढाउन विद्यालय र स्वास्थ्य संस्था छनोट गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलले जनाएको छ ।
जीर्ण र चर्किएकै छाना भएका संरचनाबाट पठनपाठन तथा स्वास्थ्य सेवा प्रवाह गर्नु परेको बाध्यात्मक अबस्थालाई मध्यनजर गरि पुननिर्माणको काम अघि बढाउन थालिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर ईन्जिनियर प्रविण कार्कीले बताए ।
भुकम्पबाट क्षतिग्रष्त भवन पुननिर्माण कार्यक्रम संचालन कार्यविधि–२०८१ अनुसार जिल्लाबाट सिफारिस भई आएका विद्यालय भवन तथा स्वास्थ्य संस्था मध्य मंसिर १७ को मन्त्री स्तरको निर्णयले ३१ विद्यालय र ११ वटा स्वास्थ्य संस्थाको पुननिर्माण गरिने सिनियर ईन्जिनिर कार्कीले उल्लेख गरे ।
पुननिर्माणको सबै काम पूर्वाधार विकास कार्यालय जाजरकोटले गर्ने छ । क्षतिग्रष्त संचरनाको पुननिर्माणपछि चर्किएका विद्यालय भवनमा पढ्न बाध्य बालबालिकालाई राहत मात्र हुने छैन् । उनले भने,‘ढुक्कले पढ्ने वातावरण सृजना हुने छ । स्वास्थ्य संस्थाको,सेवा पनि सहज रुपमा संचालन हुने छ । डराई डराई भईरहेको पठनपाठन र सेवा प्रवाह गर्नु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा छ ।’
पछिल्ला केहिदिन यता निरन्तर भुकम्पका पराकम्पनहरु गईरहेकोले भौतिक तथा मानवीय क्षति हुन सक्ने जोखिम समेत मध्यनजर गरि पुननिर्माणलाई गति दिन थालिएको हो । भुकम्पबाट सबैभन्दा क्षतिग्रष्त संरचनानै विद्यालय भवनहरु हुन् समयमै पुननिर्माण नहुँदा जोखिम मोलेर पठनपाठन भईरहेका छन् ।
४२ संरचना पुननिर्माण गर्न २५ करोड
भुकम्पबाट क्षतिग्रष्त ४२ वटा संरचनाको पुननिर्माण गर्न कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले २५ करोड बजेट विनियोजन गरेको छ । जसमा ३१ वटा सामुदायिक विद्यालयका भवन पुननिर्माण गरिने भएको छ । ३१ विद्यालय भवन पुननिर्माण गर्न १९ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । ११ वटा स्वास्थ्य संस्था पुननिर्माण गर्न ५ करोड २० लाख बजेट छुटाइएको छ ।
पुननिर्माण शिर्षकमा विनियोजित कुल २५ करोड मध्य क्षतिग्रष्त विद्यालयका संरचनाका लागि १९ करोड ८० लाख छुटाईएको मन्त्रालयका सिनियर ईन्जिनियर प्रविण कार्की बताउँछन् । उनका अनुसार बारेकाट गाउँपालिकाका ५ वटा विद्यालय पुननिर्माणका लागि ३२ लाख ५० हजार,नलगाड नगरपालिकाका ४ विद्यालयमा २५ लाख ५० हजार,भेरी नगरपालिकाका ३ विद्यालय पुननिर्माण गर्न १७ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै,छेडागाड नगरपालिकाका ४ विद्यालयका लागि २५ लाख ५० हजार,कुशे गाउँपालिकाका ५ विद्यालय पुननिर्माण गर्न ३६ लाख,शिवालय गाउँपालिकाका ५ विद्यालय पुननिर्माण गर्न २८ लाख बजेट छुटाईएको छ । भने जनिचाँदे गाउँपालिकामा ५ वटा विद्यालय पुननिर्माण गर्नका लागि लागि ३३ लाख ५० हजार रुपैया विनियोजन गरीएको छ। यसरी जाजरकोटका ३१ वटा विद्यालय पुननिर्माण गर्न कुल १९ करोड ८० लाख बजेट विनियोजन भएको छ । जाजरकोटका ७ स्थानीयतहमा पूर्वाधार विकास कार्यालय जाजरकोटले पुननिर्माणको काम गर्ने भएको छ । त्यसैबीच स्वास्थ्य संस्था तर्फ कुल ५ करोड २० लाख बजेट लगानीमा जाजरकोटका ११ वटा स्वास्थ्य संस्थाको पुननिर्माण गरिने छ ।
जसमा बारेकोट गाउँपालिकाका २ वटा स्वास्थ्य ईकाई निमार्णका लागि १ करोड,नलगाड नगरपालिकाका २ वटा स्वास्थ्य चौकी भवन निर्माणमा ९ लाख ५० हजार,भेरी नगरपालिकाका २ स्वास्थ्य चौकी निर्माण गर्न ८० लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै छेडागाड नगरपालिकाका ३ वटा स्वास्थ्य बनाउन १ करोड ४५ लाख र जुनिचाँदे गाउँपालिकाका २ वटा स्वास्थ्य चौकी निर्माण गर्न १ करोड गरि स्वास्थ्य संस्थाको संरचना निर्माण तथा पूननिर्माणमा ५ करोड २० लाख विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्दारम जारी सूचनाका उल्लेख छ ।
विद्यालय तथा स्वास्थ्य संस्थाका संरचना पुननिर्माण हुने बाटो खुलेपनि पुषको कठ्याग्रिदो चिसोमा भुकम्प पिडित टहरामै बस्न बाध्य भएका छन् । अधिकांश भुकम्प पिडितले पहिलो किस्तानै पाउन सकेका छैनन् ।