सुर्खेत । सुर्खेत प्रहरीले राजस्व छली गरी बिना बिल(बिजक सिगरेट ओसारपसार गर्ने क्रममा एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार साँझ सुर्खेत–वीरेन्द्रनगर नगरपालिका–३ स्थित मुलपानीचोकमा नियमित गस्तीका क्रममा उक्त व्यक्ति पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ का ३५ वर्षीय अबेक नाम परिवर्तनलाई नियन्त्रणमा लिइएको हो। गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि उनको साथमा रहेका सामान चेकजाँच गर्दा राजस्व छली गरी ल्याइएको करिब २५ कार्टन ९लगभग १०० थान० सिगरेट बरामद गरेको हो। त्यसैगरी, अबेकको साथबाट नकली नोटसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीयहरूलाई पनि यस्ता गैरकानुनी गतिविधि र नकली नोट कारोबारबारे सजग रहन आग्रह गरेको छ।







