पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको माला

  ।   ११ कार्तिक २०८१, आईतवार १८:२२

हुम्ला । जिल्लाको ताजाकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ ।

कर्णाली प्रदेश सरकाको मुख्यमन्त्री हुँदा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई २५ किलोको मालासहित च्याँग्राको रौँबाट बनेको राडी (पाखी) ले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।

गाउँपालिकाले शुक्रबारबाट सुरु गरेको शैक्षिक सप्ताह कार्यक्रमको उदघाटन गर्न हुम्लाको ताँजाकोट गाउँपालिकामा पुगेको शाहीलाई ताँजाकोट चिनाउने मायाको चिनो र २५ किलोको मालाले स्वागत गरिएको हो ।

शाही मुख्यमन्त्री भएकै समयमा ताँजाकोटमा विकासका मुलहरु फुटाएको, गाउँपालिकाको कवाडीदेखि डुँग्रीसम्मको सडकका लागि बजेटको विनियोजन गरिएको र शिक्षा र स्वास्थ्यका लागि भवनहरु निर्माण गरिएको तथा कृषि क्षेत्रमा पनि थुप्रै लगानी गरेकाले उनलाई यस्तो सम्मान गरेको अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।

Next Post

कालिकोटमा मंसिर ११ गते देखि १७ गतेसम्म महोत्सव लाग्दै

११ कार्तिक २०८१, आईतवार १८:२२
कालिकोट । २०८१ मंसिर ११ गते देखि १७ गतेसम्म कालिकोट महोत्सव लाग्ने भएको छ । उद्योग वाणिज्य संघ कालिकोटले आईतबार जिल्ला सदरमुकाम मान्ममा एक कार्यक्रमका बिच ब्यानर सार्वजनिक गरेको हो । संघका अध्यक्ष रतनबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य हिक्मत बिष्ट, […]