रोल्पाबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको जीप सल्यानमा दुर्घटना

  ।   १९ मंसिर २०८२, शुक्रबार २०:३१

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १ बजे रोल्पाबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

जीप अनियन्त्रित भई दुर्घटना हुँदा रोल्पाका ६ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको कपुरकोट आधारभूत स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा परि घाइते हुनेहरूमा गंगादेवी गाउँपालिका–४ का ४५ वर्षिय हरीबहादुर थापा, ४२ वर्षीया गीता थापा, १९ वर्षीया टिका थापा, ३० वर्षीया बिमला थापा र ९ वर्षिय पवन थापा र ८ वर्षका रावल थापा रहेको जिल्ला प्रहरी प्रहरी कार्याल सल्यानले जानकारी दिएको छ। सबै घाइतेहरूको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

कांग्रेस सुधार अभियान, कालिकोटको संयोजकमा खगेन्द्र पाण्डे

१९ मंसिर २०८२, शुक्रबार २०:३१
कालिकोट । नेपाली कांग्रेस सुधार अभियानले कालिकोट जिल्लामा खगेन्द्र पाण्डेलाई जिल्ला संयोजकको रूपमा मनोनयन गरेको छ। ४० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा ४०% प्रतिनिधित्व सुनिश्चित गर्ने मुख्य एजेण्डा सहित सञ्चालन भइरहेको ‘कांग्रेस सुधार अभियान–अन्डर ४०’ अन्तर्गत पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको हो। पार्टीभित्र बर्सौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार उखेलेर सुशासनको नयाँ […]

सम्बन्धित शीर्षक