कालिकोट । उद्योग बाणिज्य संघ कालिकोटको चुनाव दुई प्यानल बिच टक्कर हुने भएको छ । २१ ओैं चुनावी साधारणसभामा कालिकोट उद्योग बाणिज्य संघको उम्मेदारी नामावली प्रकाशन भए सगैँ दुई प्यानल बिच प्रतिशप्रधा हुने भएको छ ।
लोकतान्त्रिक समावेशी संयुक्त व्यावसायिक प्यानल र प्रगतिशीइल साझा व्यावसायिक प्यानल गरि दुई प्यानल बनेको हो ।
उद्योग बाणिज्य संघ निर्वाचन मण्डलका अनुसार अध्यक्ष पदमा रतन वहादुर शाही र तिलबहादुर शाही दुई जना उम्मेदार बिच प्रतिशप्रभा हुने भएको छ ।
यसै गरी बरिष्ठ उपाध्यक्षमा जनक बहादुर शाही र भानुभक्त शर्मा आचार्य द्वितीय उपाध्यक्ष गौरी संज्याल (गन्डकी) कृष्णप्रसाद उपाध्या महासचिवमा कमलराज बराल र धनन्जय अधिकारी सचिवमा जगेन्द्र आचार्य र भद्र वहादुर वम (भरत) कोषाध्यक्षमा मणिराम पाण्डे र खगेन्द्र पाण्डे बिच कडा प्रतिशप्रधा हुने देखिएको छ ।
भोलि वैशाख १२ गते हुने उद्योग वाणिज्य संघ कालिकोटको २१ औ चुनावि साधारणसभामा नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी,राष्ट्रिय स्वतन्त्र पार्टी ,नेपाल मजदुर किसान पार्टी,जनता समाजवादी,राप्रपा कालिकोटको व्यवसायीक लोकतान्त्रिक समावेशी संयुक्त प्यानल एकातिर हुदाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले (, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्टिय प्रजातन्त्र पार्टि प्रगतिशीइल साझा व्यावसायिक प्यानल अर्को तिर होमिएर प्रचारप्रसारमा लागेका छन् ।