शुभकालिका गाउँपालिकाको १२ औं गाउँ सभा सुरु

  ।   २७ माघ २०८१, आईतवार १९:१६

कालीकोट। जिल्लाको शुभकालिका गाउँपालिकाको १२ औं गाउँसभा आईतबारबाट सुरु भएको छ । “स्वास्थ्य शिक्षा उत्पादन र आपूर्ति ,रोजगारी,जीविका ,पूर्वाधार र समृद्धि ’’ भन्ने मुल नाराका साथ गाउँपालिकाको १२ औं गाउँसभा उद्वघाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभाअध्यक्षता र गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको विशेष आतिथ्यतामा १२ औं अधिवेशन भब्यताका साथ उद्धाघाटन गरीएको छ । चालु आर्थिक वर्ष २०८१ ÷०८२ मा यस गाउँपालिकाको एघारौं गाउँसभाबाट पारीत भएको कुल वजेट ४२ करोड ८२ लाख८६ हजार २ सय ७२ जसमा चालु तर्फ ३० करोड ५८ लाख ५ सय २२ रुपैयाँ र पुँजिगत तर्फ १२ करोड २४ लाख ८५ हजार ७ सय ७५ आ.व को पहिलो चौमासिक सम्ममा चालु तर्फको खर्च रकम ११ करोड ४०लाख ४ हजार २ सय ३३ अर्थात (३७.२८ प्रतिशत)

दीपज्योति खबर

र पुजिगत तर्फ खर्च रकम १० लाख (०.८२ प्रतिशत )भएको छ । गाँउपालिकामम कुल जम्मा खर्च रकम ११ करोड ५० लाख ४ हजार २ सय ३३ (२६.८५ प्रतिशत ) खर्च भएको छ ।

तेस्तै चालु आ।व ।मा योजना निर्माणका लागी पालिका तथा संघ ,प्रदेश , स्थानिय तह र अन्य साझेदार संस्थासंगको साझेदारीमा योजनाहरु छनोट,उपभोक्ता समिती गठन तथा कार्यलय संग समझैता भई निर्माण कार्य संञ्चालनमा रहेको शुभकालिका गाउँपालिकाकी उपाअध्यक्ष धर्मकला शाहीले आर्थिक वर्ष २०८१÷०८२ को संशोधित कार्यक्रम तथा बजेट सभाका अध्यक्ष र सदस्यहरु सामु प्रस्तुत गर्नु भएको थियो ।

आर्थिक वर्षको बिनियोजन रकम मध्य ६ महिनाको अवधीमा हाल सम्म २६.८५ प्रतिशत खर्च गरि सकिएको बताईएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को १२ औं हिँउदे अधिवेशनमा सुझाव संकलन गर्ने तथा छलफलगरी बजेट तथा कार्यक्रम संशोधन गर्ने र ऐन नियमावली कार्यविधिहरु पास गर्ने शाहीले बताउनुभयो ।

१२ औं गाउँसभामा वडा अध्यक्ष वडा स्दस्य कार्यपालिका सदस्य पत्रकार सुरक्षा कर्मि लगाएतका सरोकारवालकाहरुको सहभागिता रहेको थियो ।

Next Post

रास्कोटमा हेलिकप्टरमार्फत सुत्केरी महिला सार्किको उद्वार

२७ माघ २०८१, आईतवार १९:१६
कालिकोट । रास्कोटमा हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्वार गरिएको छ । रास्कोट नगरपालिका–६ की विस्ना सार्किलाई सुत्केरी व्यथा लागेपछि उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि उहाँलाई हेलिकप्टरमार्फत उद्धार गरि प्रादेशिक अस्पताल सुर्खेत पठाएको हो । रास्कोट अस्पताल गैतुमा उपचार गर्दासमेत सुत्केरी हुन नसकेपछि नगरप्रमुख धर्मराज शाही पोषणाको विशेष पहलमा उहाँलाई थप […]