कालिकोट । रास्कोटमा हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्वार गरिएको छ । रास्कोट नगरपालिका–६ की विस्ना सार्किलाई सुत्केरी व्यथा लागेपछि उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि उहाँलाई हेलिकप्टरमार्फत उद्धार गरि प्रादेशिक अस्पताल सुर्खेत पठाएको हो ।
रास्कोट अस्पताल गैतुमा उपचार गर्दासमेत सुत्केरी हुन नसकेपछि नगरप्रमुख धर्मराज शाही पोषणाको विशेष पहलमा उहाँलाई थप उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा रहेका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार अभियान कार्यक्रमबाट हेलिकप्टरले उद्वार गर्दै आइरहेको छ ।
सार्किको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। यस उद्धारले दुर्गम क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाका लागि थप स्वास्थ्य सेवाको पहुँच र सहयोगप्रति आशा जागेको छ।