अपडेट

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आव्हान

  ।   २१ बैशाख २०८२, आईतवार १९:४०

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन २८ बैशाख २०८२ बाट सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजे प्रदेशसभाको बैठक २८ बैशाखमा आव्हानका लागि प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । प्रदेश सरकारद्वारा आह्वान भएको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ । जसका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तीव्रता दिएको छ ।

मुख्यमन्त्रीको सचिवलायका अनुसार आइतबार बसेको बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

Next Post

हाल देशमा पश्चिमी वायुको प्रभाव : कर्णाली लगायत अन्य प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

२१ बैशाख २०८२, आईतवार १९:४०
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कर्णाली , सुदुरपश्चिम, लुम्बिनी  र कोसी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। देशभर आंशिक देखि साधारणतया बदली […]