कर्णालीमा मन्त्रिमण्डलले पुर्णता पाउने ६ जनाले आज शपथ लिँदै

  ।   १८ बैशाख २०८१, मंगलवार १४:२४

सुर्खेत । कर्णाली प्रदेशमा आज मन्त्रिमण्डलले पुर्णता पाउने भएको छ । त्यसका लागि सत्तारुढ दल नेकपा एमाले र माओवादीबाट गरी ६ जनाले आज शपथ लिँदै छन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २ः३० बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ । यद्यपि नयाँ बन्ने मन्त्रीको नाम भने सार्वजनिक भएको छैन ।

माओवादीबाट वीरबहादुर शाही, महेन्द्र केसी र दुर्ग रावत मन्त्री बन्दैछन् भने एमालेबाट को बन्दैछन् भन्ने कुरा बाहिर आएको छैन । एमालेबाट तीन जना मन्त्री बन्नेछन् । ८ सदस्यीय मन्त्रिमण्डलमा यसअघि माओवादीबाट रणसिं परियार मन्त्री भइसकेका छन् ।

Next Post

कर्णालीका नवनियुक्त ४ मन्त्री र एक जना राज्यमन्त्रीले लिए शपथ

१८ बैशाख २०८१, मंगलवार १४:२४
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन् । शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही […]