जाजरकोटमा जिप दुर्घटना एक जनाको मृत्यु अन्य १४ जना घाइते

  ।   २२ श्रावण २०८१, मंगलवार १८:३६

सुर्खेत । जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

मंगलबार खंलगादेखि भेरी नगरपालिका( ६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा भेरी नगरपालिका(६, गंगटियाका ३४ वर्षीय चालक मानबहादुर वलीको मृत्यु भएको हो । दुर्घटनामा एकै गाउँका १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिप सडकबाट चार सय मिटर तल खसेको थियो । घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

Next Post

आज यी प्रदेशमा भारी वर्षा सगैं बाढि पहिरोको सम्भावना

२२ श्रावण २०८१, मंगलवार १८:३६
काठमाडौं । देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, […]

सम्बन्धित शीर्षक