रुकुम पश्चिममा झोलुङगे पुलबाट हाम फालेर १ व्यक्तिको मृत्यु

  ।   ११ पुष २०८१, बिहीबार १९:३९

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोटको सल्ले–मठ जोड्ने झोलुङगे पुलबाट एक व्यक्तिले बुधबार हाम फालेर आत्महत्या पछी मृत्यु भएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा रहेको रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ७ का २७ वर्षिय लक्ष्मण विकले बुधबार दिउँसो १ बजेतिर पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पुलबाट हाम फालेको खबर प्राप्त भए लगतै पातुखोला प्रहरी पोष्टबाट प्रहरी हवल्दार भिमबहादुर चन्दसहित ४ जना र अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा १२ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेर खोजि गर्दा विकको शव फेला परेको थियो ।

शव घटनास्थलबाट उठाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक पाठकले जानकारी दिएका छन् । के कारण पुलबाट हाम फालेर आत्महत्या गरे भन्ने केही नखुलेको प्रहरीले जनाएको छ ।

Next Post

जुम्ला प्रेस सेन्टर नेपालको पाँचौ अधिवेशनबाट मानबहादुर कुँवर निर्वाचित

११ पुष २०८१, बिहीबार १९:३९
जुम्ला । प्रेस सेन्टर नेपाल जुम्ला शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । बिहिवार भएको अधिवेशनमा मानबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समिति गठन सम्पन्न भएको हो । उद्घाटन सत्रपछि सम्पन्न बन्द सत्रले मान बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा शुभाकर विश्वकर्मा, महिला उपाध्यक्षमा […]