कालिकोट । कालिकोटको चौकीमा खुकुरी प्रहारबाट एक किशोरको हत्या भएको छ। खाँडाचक्र नगरपालिका- १० चौकिमा बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा खुकुरी प्रहारबाट १७ वर्षिया राजेश शाहीको मृत्यु भएको हो ।
तिलागुफा नगरपालिका- ७ छाप्रेका १७ वर्षीय शाहीको हत्या हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी कृष्ण केसीका अनुसार चौकीमा आफन्तको घर रमाइलो हेर्न आएका दुई समुह किशोरहरूबीच झगडा हुँदा खुकुरी प्रहारबाट किशोरको मृत्यु भएको हो भने, दुर्घटनामा संलग्नलाई पक्राउ गरिएको बताउनुभयो ।
प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली पुगेर घटना संलग्नलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको छ भने मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल मान्ममा लगिएको छ ।