कालिकोट । उद्योग बाणिज्य संघ कालिकोटको निर्वाचनबाट अध्यक्षमा रतन बहादुर शाही लगाएतको टीम निर्वाचित भएका छन् ।
२१ ओैं चुनावी साधारणसभाबाट कालिकोटमा बुधबार भएको निर्वाचनमा बुधबार रातिबाट सुरु भएको जिल्ला समन्वय समितिको हलमा मतगणना विहीबार विहान १० बजे सक्किएको हो ।
यस भन्दा पहिले एक कार्यकाल सक्काएका अध्यक्षमा रतन बहादुर शाही दुई सय ७३ मत ल्याएर ४२ मतको अन्तरले विजय हुदाँ उनका प्रतिद्धन्द्धी तिल बहादुर शाहीले दुई सय ३१ मत पाई पराजित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा जनक बहादुर शाही दुई सय ५४ मत ल्याएर विजय हुदाँ उनका प्रतिद्धन्द्धी भानुभक्त शर्मा आचार्यले दुई सय १९ मत पाई पराजित भएका हुन् ।
तेस्तै द्वितीय उपाध्यक्षमा गौरी संज्याल ९गन्डकी० दुई सय ५५ मत ल्याएर विजय हुदाँ उनका प्रतिद्धन्द्धी कृष्णप्रसाद उपाध्यया दुई सय ८ मत पाई पराजित भए महासचिवमा कमलराज बरालले एक सय ७८ मत ल्याएर विजय हुदाँ उनका प्रतिद्धन्द्धी धनन्जय अधिकारी एक सय ५४ मत पाए भने स्वतत्र उम्मेमार जीवन बहादुर शाहीले एक सय २० मत पाए , कोषाध्यक्षमा खगेन्द्र पाण्डेले दुई सय ३७ मत ल्याएर विजय हुदाँ उनका प्रतिद्धन्द्धी मणिराम पाण्डे दुई सय १३ मत पाई पराजित भए ,सचिवमा भद्र वहादुर वम (भरत) दुई सय ६१ मत ल्याएर विजय हुदाँ उनका प्रतिद्धन्द्धी प्रेम बहादुर शाहीले एक सय ९६ मत पाई पराजित भएका हुन ।
तेस्तै सदस्यमा गणेश धमलाले दुई सय ७० र बिरेन्द्र न्यौपानेले दुई सय ८ मत ल्याएर विजय हुदाँ उनका प्रतिद्धन्द्धी जनक देवकोटा एक सय ८७ र धनलाल अधिकारी ले एक सय ३६ मत पाई पराजित भएका छन् ।