आफ्नै श्रीमती, भाउजू र तीन वर्षीय भतिजामाथि बञ्चरो प्रहार गर्ने युवक पक्राउ

  ।   १ श्रावण २०८३, शुक्रबार २१:५२

जाजरकोट । जाजरकोटमा घरायसी विवादका क्रममा आफ्नै श्रीमती, भाउजू र तीन वर्षीय भतिजामाथि बञ्चरो प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नलगाड नगरपालिका–८ दोखु सिरबुजेका २७ वर्षीय राज कुमार बि।क।लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार असार ३० गते राति करिब ११स्४५ बजे घरायसी विवाद भएपछि राज कुमारले बञ्चरो प्रहार गरेका थिए। घटनामा उनकी श्रीमती २६ वर्षीया रुपा कुमारी बि।क।, भाउजू २७ वर्षीया सुनिता बि।क। र ३ वर्षीय भतिजा आयुष बि।क। घाइते भएका छन्।

घटनापछि फरार भएका राज कुमारलाई प्रहरीले खोजतलास गर्ने क्रममा असार ३१ गते साँझ भेरी नगरपालिका–४ बाट पक्राउ गरेको जनाएको छ।

उनीविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत जाजरकोटबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

Next Post

कालिकोटमा मन्त्री सुनिल लम्सालको स्थलगत अनुगमन, कर्णाली राजमार्ग र करिडोरको अवस्थाबारे अध्ययन

१ श्रावण २०८३, शुक्रबार २१:५२
कर्णालीमा पूर्वाधार विकासको स्थलगत अनुगमन मन्त्री लम्सालद्वारा राजमार्ग, करिडोर र विकास आयोजनाको निरीक्षण सुर्खेतदेखि हुम्लासम्मका सडक तथा विकास आयोजनाको अवस्थाबारे स्थलगत अध्ययन, स्थानीय आवश्यकता र जनअपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको प्रतिबद्धता कालिकोट । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय सुनिल लम्साल नेतृत्वको टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा […]