कालिकोट । नेपाल नेत्रज्याति संघ कालिकोट शाखाले निःशुल्क आँखा जाँच शिविरबाट पाँच सय ६९ जना लाभान्वित भएका छन् ।
आँखा शिविर मार्फत पाँच सय ६९ जनाको आँखा परिक्षण गरि १२० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको जिल्ला सभापति खडान्द पाण्डेले बताए ।
नेपाल नेत्र ज्योति संघ कालिकोट शाखाको आयोजना नेपाल नेत्र ज्योति संघ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग,नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भेको हो ।