चीनकोमा भारी वर्षाका कारण ३४ जनाको मृत्यु

  ।   २० बैशाख २०८१, बिहीबार १८:११

काठमाडौं । दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस १२ को एक भाग भत्किएको छ। उक्त दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।

दुर्घटना मेइझोउ हिल नजिकै बिहीबार बिहानी पख २ बजे भएको थियो । जसमा सडकको एउटा लेन १८ मिटर तल खसेको थियो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रू बोकेका २० सवारी साधन तल खसेका थिए घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा खटिएका थिए । सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ । दुर्घटनापछि राजमार्ग अवरूद्ध भएको छ । यो राजमार्गले ग्वाङ्डोङलाई फुजियान प्रान्तसँग जोड्छ।

चीनमा मजदुर दिवसमा चार दिन बिदा हुन्छ  र, देशका अधिकांश राजमार्गहरू टोल फ्री छन्। जसका कारण सवारीसाधन बढी दुर्घटनामा परेका छन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो आँधी शनिबार (अप्रिल २७) दिउँसो ग्वाङडोङमा आएको थियो । यस अवधिमा यहाँ अधिकतम २ .६ मिटर प्रति सेकेन्ड हावाको गति रेकर्ड गरिएको थियो। यसपछि भारी वर्षा भएको थियो । जसका कारण राजमार्ग भत्किएको अनुमान गरिएको छ ।

Next Post

घरमा आगलागी हुँदा पती पत्निको मृत्यु

२० बैशाख २०८१, बिहीबार १८:११
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात […]