कालिकोट । राजनीतिक दलहरुप्रति बितृष्णा बढीरहेको समयमा कालिकोटमा भने नेकपा (एकीकृत समाजवादी) एकाएक लोकप्रिय बन्दै गएको छ ।
नेतृत्वमा सक्रियका साथै लोकप्रिय र निस्कलंकित युवापङ्तिको बाहुल्यता हुनुले समाजवादीप्रति आकर्षण बढ्न थालेको हो ।
एक दशक राष्ट्रिय मिडीयाका साथै सामाजिक संगठनहरु र नेकपा(एमाले)मा कार्यलय सचिव हुँदै दुई कार्यकाल अधिवेशनका चुनावी प्रक्रियाबाट सचिव हुन सफल चित्रसिंह गाउँले अध्यक्ष हुनुले विशेषगरी एमाले पङ्ति समाजवादीमा ढल्किदै गएको छ ।
२०७४ को संघ तथा प्रदेशसभा निर्वाचनमा माओवादीसँग गठबन्धन नभएको भए संघमा ०७० को निर्वाचनमा झिनो मतले हार व्यहोरेका कुर्मराज शाही र प्रदेशसभा १ मा उतिबेलाका पार्टी सचिव चित्रसिंह गाउँले उम्मेद्वार बन्ने मात्र नभइ गाउँलेले जित्ने अवस्था समेत सुनिश्चित थियो ।
प्रदेशसभा ( २ )मा उतिबेलाका पार्टी अध्यक्ष नगिन्द्र शाही(नेशनल) र( १)मा चित्रसिंह गाउँले तथा संघमा कुर्मराज शाही उम्मेद्वार हुँदा विशेषगरी संघमा कडा टक्कर हुने अवस्था रहेपनि प्रदेश (१)मा भने गाउँलेको जित निश्चित थियो । शुभकालिका र खाँडाचक्रमा एमाले बलियो हुनु अनि महावैमा गाउँलेकै कारण कांग्रेसका नन्द बहादुर सिंह गाउँपालिका अध्यक्ष जितेको कारण महावैबाट अधिकांस कांग्रेस समेतका मत लगेर प्रदेशसभा निर्वाचन सहज जित्ने अनुमान गरिएका गाउँले निर्वाचनको मुखमै एमाले माओवादी गठबन्धन , तत्पश्चातको एकताले पेलिएका छन् ।
संसदीय राजनीति र पार्टी बिभाजनको असर समेतले पेलिएर भित्तामै पुग्दापनि असहजता सामना गर्दै यसअघि जिल्ला कमिटी बैठक र यसपटक चैत ३०-३१ मा सम्पन्न जिल्ला अधिवेशनबाट गाउँले एकीकृत समाजवादीको नेतृत्व सम्हाल्दै पार्टीमा युवा , दलित र महिलाको विशेष आकर्षण बढाउदैछन् ।
सदरमुकाम आसपास मात्र नभई जिल्लाका विकट वस्तिका अन्य दलका नेता तथा कार्यकर्ता एवम् बौद्धिक वर्ग र सर्वसाधारणहरु सहर्ष रुपमा आफ्नो पार्टीलाई खुलेर समर्थन दिइरहेको अध्यक्ष गाउँलेको भनाई छ । करीव डेढ महिने अभियानको शिलशिलामा नरहरिनाथ , पलाँता , खाँडाचक्र , रास्कोट , महावै , तिलागुफा र सान्नित्रिवेणीमा मात्रै ८ सय ३७ जना बिभिन्न दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा समाहित भैसकेको सचिव कृष्णकला पाण्डेको दाबी छ । केन्द्रीय सदस्य तुलाराज सिम्खाडा र विश्वराज वमका साथै प्रदेश कमिटी सचिव धिर बहादुर बिष्ट , खाँडाचक्रका नगरप्रमुख कमल बहादुर शाही , रास्कोटका उप प्रमुख मनिराज वराल को सक्रियता सो पार्टीका लागि प्रभावकारी साबित भएको छ ।
जिल्ला कमिटी उपाध्यक्षमा विगत स्थानीय निकाय निर्वाचनमा नानीकोट गाविस उपाध्यक्ष र एमाले भैरहँदा कुर्मराज शाहीलाई नेतृत्वमा सफल बनाउने कुटनीतिक नेता चन्द्र बहादुर शाही , सचिवमा बौद्धिक र इमान्दार महिला नेतृ कृष्णकला पाण्डे , उपसचिवमा पाका नेता रत्न मल्लका साथै संघीय मन्त्रालयको सचिवालयमा समेत भूमिका खेल्न सफल मनसिंह धामी र सक्रिय युवा धिर बहादुर शाही निर्वाचित हुनु जिल्लाभर आशा र भरोसाको सञ्चार भएको बुझिन्छ । संविधानसभा सदस्य तुलाराज बिष्टले खास अभिभावकत्व गर्नु भएको कालिकोट एकीकृत समाजवादीमा परिपक्व नेताको चाङ हुनुले पार्टी फैलाउदै गएको बताइएको छ । युवाहरुको समाजवादीमा आकर्षण व्यापक बढ्नु ठूला दलको लोकप्रियता खसेर ओरालो लागेको संकेत हो भन्ने बुझिन्छ ।