अपडेट

आठ दिनअघि पुगेका, आज चिरनिद्रामा : परदेशमा हरिबहादुरको अधुरो यात्रा

  ।   १० भाद्र २०८२, मंगलवार १३:३१

सुर्खेत। कुवेतमा रोजगारीका लागि पुगेका सुर्खेतका एक युवा दुदैवी दुर्घटनामा परेका छन्। वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमले सोमबार बिहान महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट हाम फालेर जीवन समाप्त गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ७ बजेतिर उनी पुलमा पुगेपछि शरीरमा लगाएका कपडा खोलेर ३० नम्बर राजमार्गतर्फ हाम फालेका थिए। व्यस्त सडकमा खस्दा गाडीले समेत ठक्कर दिएको बताइएको छ।गौतम आठ दिनअघि मात्र ९अगस्ट १७० कुवेत पुगेका थिए। उनले त्यहाँस्थित एक होटलमा सवारी चालकको काम थालेका थिए। तर, सहकर्मीहरूका अनुसार कुवेत पुगेको दोस्रो दिनदेखि नै उनको मानसिक अवस्था असामान्य देखिन थालेको थियो।

बीचमा २–३ दिनसम्म उनी शिविरबाट हराएका थिए र पछि फर्किएका थिए। घटनाको दिन पनि सहकर्मीहरूले उनलाई अस्पताल लैजाने तयारी गरिरहेका बेला अचानक भागेर पुलमा पुगेका थिए। कपडा र पर्स छेउमै राखेर उनले हाम फालेको उनीहरूले बताए। फ्लाइओभरमुनि व्यस्त सडक भएकाले उनको शरीर गाडीमा समेत ठोक्किएको बताइन्छ। सडकमा गुडिरहेका यात्रुहरूले उनको अस्वाभाविक गतिविधि देखेर भिडियोसमेत खिचेका थिए। कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई जानकारी दिइसकेको छ। दूतावासका अनुसार कम्पनीसँग समन्वय गरी गौतमको शव नेपाल पठाउने प्रक्रिया सुरु भइसकेको छ।

दूतावासले हाल कुवेतमा रहेका नेपालीबीच आत्महत्या, सडक दुर्घटना, अवैध मदिरा सेवन, लागुऔषध प्रयोग र ओसारपसारजस्ता घटनामा वृद्धि भइरहेको उल्लेख गरेको छ।

Next Post

भासियो कर्णाली राजमार्ग : कालिकोट खण्डमा सवारी आवागमन पूर्ण अवरुद्ध

१० भाद्र २०८२, मंगलवार १३:३१
कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्ड भत्किएर अवरुद्ध भएको छ । खाँडाचक्र नगरपालिका–२, कालेखोला क्षेत्रमा बुधवार बिहान करिब ७ बजे सडक भासिँदा सवारी–साधन आवतजावत पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कालिकोट जिल्ला प्रहरी प्रमुख अधिकारी टेक बहादुर रावलका अनुसार सडकको ठूलो भाग भासिनुका साथै […]