अपडेट

भासियो कर्णाली राजमार्ग : कालिकोट खण्डमा सवारी आवागमन पूर्ण अवरुद्ध

  ।   ११ भाद्र २०८२, बुधबार ०९:३१

कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्ड भत्किएर अवरुद्ध भएको छ । खाँडाचक्र नगरपालिका–२, कालेखोला क्षेत्रमा बुधवार बिहान करिब ७ बजे सडक भासिँदा सवारी–साधन आवतजावत पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोट जिल्ला प्रहरी प्रमुख अधिकारी टेक बहादुर रावलका अनुसार सडकको ठूलो भाग भासिनुका साथै भीरबाट खसेको चट्टानले समेत बाटो पुर्ने काम गरेकोले तत्काल सडक खुलाउन कठिनाइ भएको छ । उनले भने, “सडक पूर्ण रूपमा भासिएको छ, भित्तामा पनि ठूलो चट्टान अड्किएको छ, एक्साभेटर प्रयोग गरेर अस्थायी रूपमा पास गराउने प्रयास भइरहेको छ ।”

सडक अवरुद्ध हुँदा कालिकोट हुँदै यात्रामा रहेका सार्वजनिक तथा निजी सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । यात्रुहरूलाई अत्यावश्यक आवश्यकता पूरा गर्न कठिनाइ भएको र दीर्घ यात्रामा निस्किएका सर्वसाधारण मर्कामा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक मर्मत कार्य भइरहेको भए पनि अझै केही समय लाग्ने अनुमान गरिएको छ । सम्बन्धित निकायले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ ।

Next Post

सुर्खेतमा गेष्ट हाउसभित्र जुवातास, ४ जना रंगेहात पक्राउ

११ भाद्र २०८२, बुधबार ०९:३१
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६, सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा बिहीवार दिउँसो करिब २ बजे नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको नेतृत्वमा खटिएको ७ जनाको टोलीले गेष्ट हाउसको कोठा नम्बर ३०५ मा छापा मारी उनीहरूलाई नियन्त्रणमा […]

सम्बन्धित शीर्षक