पेट्रोलमा ५ डिजेलमा र मट्टितेल ३ रुपैयाँ मूल्य घट्यो

  ।   ३१ श्रावण २०८१, बिहीबार २१:१९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाएको हो । त्यस्तै मट्टितेलको मूल्य पनि ३ रुपैयाँले घटेको छ ।

बिहिबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ । तेस्तै डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको नयाँ मूल्य १६२ रुपैयाँ प्रतिलिटर तोकिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ तोकिएको छ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५४ रुपैयाँ तोकिएको छ ।

 

Next Post

कर्णालीमा एक वर्षमा दुर्घटनाबाट १ सय १२ जनाको मृत्यु

३१ श्रावण २०८१, बिहीबार २१:१९
सुर्खेत। कर्णाली प्रदेशमा आर्थिक वर्षमा एक हजार बढी सडक दुर्घटना भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशका दश जिल्लामा एक हजार ८६ सडक दुर्घटना भएको तथ्याङ्क छ । दुर्घटनाबाट एक सय १२ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट दुई हजार ७७ जना दुर्घटनामा परि घाइते भएका छन् । […]