अपडेट

कालीकोटमा काङ्ग्रेस देउवा पक्षको जिल्ला अधिवेशनबारे पत्रकार सम्मेलन

  ।   २५ आश्विन २०८३, आईतवार १८:०७

कालीकोट । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले कालीकोटमा आगामी असोज २७ र २८ गते हुने जिल्ला अधिवेशनलाई लक्षित गर्दै तयारी तीव्र बनाएको छ। अधिवेशनलाई व्यवस्थित र सफल बनाउन छवटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ।

अधिवेशन तयारीबारे जानकारी दिन आयोजित आइतबार पत्रकार सम्मेलनमा जिल्लाका ८२ वटै वडा र नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ। सबै तहको अधिवेशन सकिएसँगै जिल्ला अधिवेशनलाई उत्साहपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापकीय काम अघि बढाइएको पार्टीले जनाएको छ।

पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय प्रतिनिधि दमनबहादुर शाहीले पार्टी केन्द्रले तोकेको समयसीमाभन्दा अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित तयारी भइरहेको बताए। त्यस्तै, पार्टी सचिव नगेन्द्र विष्टले नेता तथा कार्यकर्तालाई एकजुट बनाएर अधिवेशन सफल पार्न समन्वय र व्यवस्थापनको काम भइरहेको जानकारी दिए।

जिल्ला अधिवेशन तयारी संयोजक मात्रिका सिंह, केन्द्रीय प्रतिनिधि दमनराज शाही र सचिव नगेन्द्र विष्टसहितका नेताहरूले अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्ष सक्रिय रहेको बताएका छन्।

Next Post

मन्त्री खड्काद्वारा रुकुम पश्चिमको कालिका भगवती मन्दिर उद्घाटन

२५ आश्विन २०८३, आईतवार १८:०७
 रुकुम पश्चिम। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं कर्णाली प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९, कोटजहारीस्थित श्री कालिका भगवती मन्दिरको उद्घाटन गर्नुभएको छ।   कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित १५ लाख रुपैयाँ र स्थानीय चन्दादाताबाट ८ लाख भन्दा बढी संकलित रकमको सहयोगमा […]