अपडेट

हिमामा आयोजित तेस्रो पालिका स्तरिय पढाइ मेला सम्पन्न

  ।   १४ असार २०८२, शनिबार २१:३७

पढाई मेला सभा अध्यक्ष लक्ष्मण बहादुर शाही बोल्दै भिडियो :  

जुम्ला । जिल्लाको  हिमा गाउँपालिकामा तेस्रो पालिका स्तरिय पढाइ मेला सम्पन्न भएको छ । शिक्षक,बिद्यार्थी,अभिभावक र शिक्षा प्रेमीहरुको भेला, हिमाको शैक्षिक सुधारका लागि तेस्रो पढाइ मेला, भन्ने मुल नाराका साथ  आयोजना भएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि शैक्षिक सामग्री प्रदर्शनी तथा तेस्रो पढाइ मेला सनिवार सम्पन्न भएको हो । शुक्रबार हिमा गाउँपालिकामा तेस्रो पालिका स्तरीय पढाइ मेला उद्घाटन गरिएको हो । बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले २ दिनका लागि पढाइ मेला आयोजना गरिएको छ ।

स्टल प्रदर्शनी,हाजिरी जवाफ,वक्तित्वकला,हस्त लेखन अंग्रेजी नेपाली,चित्रकला,सुनाउदै पढ्ने क्षमता परिक्षण,कम्प्युटर टाइपिङ्ग र सेटिङ् प्रतियोगिता, स्मरण क्षमता प्रतियोगिता, देउडा प्रतियोगिता र अनुसासन तथा सक्रिय सहभागिता गरि ११ वटा विधामा माध्यमिक विद्यालय र आधारभुत विद्यालयलाइ फरक गरि प्रतिस्पर्धा गराइएको हो । माध्यमिक विद्यालय प्रतिस्पर्धामा नेत्रज्योति प्राविधिक माध्यमिक बिद्यालय ओदीले प्रथम भएको छ ।

तेस्तै आधारभुत विद्यालय प्रतिस्पर्धामा रुपाकोट आधारभुत विद्यालय बाजागाडा प्रथम भएको छ भने अनुसासन विधामा प्रायोजक बिद्यालय श्री कालिका आधारभूत बिद्यालय देवार गाउँ प्रथम भएको छ।

गाउँपालिकाभित्रका २२ सामुदायिक विद्यालयमध्ये १९ विद्यालय सहभागी भएका उक्त मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन सीप विकास र सिर्जनात्मक क्षमताको पहिचान गर्न केन्द्रित भएको मेलामा भाग लिने विद्यालय तथा विद्यार्थिलाइ प्रथम , दोस्रो र तेस्रोलाई कापी, कलम, झोला पुरस्कार दिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले कार्यक्रम समापनमा बोल्दै शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको यो मेला बाट बालबालिकाको सिकाइ सगैँ प्रतिस्पर्धाले झन हौसला प्रधान भएको अनुभुती भएको बताए । तेस्तै प्रथम माध्यमिक तह विद्यालयलाई १० लाख र प्रावि तह विद्यालयलाई ५ लाख दिने घोषणा समेत गरे । शिक्षामा आधारभुत आवश्यकता पूरा गर्न थप लागीरहने र स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासले बालबालिकाको सिर्जनशीलता र व्यवहारिक सीपलाई विशेष प्राथमिकतामा राखेर पढाइ मेला आगामी दिन झन भव्य गर्दै जाने बताए । पढाई मेला संचालनमा अबरुद्ध खटिएने सम्पुर्णलाई तथा उपस्थितिलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरे ।

शिक्षामा गुणस्तर कायम राख्न,बिद्यार्थी बिच प्रतिस्पर्धा को भावना जगाउन,बिद्यार्थीहरु लाई बहुपक्षीय ज्ञानमा अभिरुचि जगाउन साथै शिक्षक,बिद्यार्थी र अभिभावक बिचको शैक्षिक स्तर मापन गर्न हिमा गाउँपालिका जुम्लाले प्रत्येक वर्ष शैक्षिक मेलाको आयोजना गर्दै आइरहेको छ।

जुम्लामा तेस्रो पालिका स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला सुरु

 

Next Post

ओली र भण्डारीको समूह अलग-अलग लाइनमा

१४ असार २०८२, शनिबार २१:३७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (एमाले) भित्र नेतृत्वको रस्साकस्सी तीव्र बन्दै गएको छ । पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि पार्टीभित्र स्पष्ट ध्रुवीकरण देखा परेको हो । १४ असारमा सम्पन्न पार्टीको कार्यक्रममा नेताहरूले आ-आफ्नो धार प्रकट गरेसँगै अध्यक्ष केपी शर्मा ओली र भण्डारीको समूह अलग-अलग […]