दैलेख राती सुतेको समयमा ३ महिनाको शिशु बेपत्ता

  ।   २८ चैत्र २०८१, शुक्रबार ०९:५२

दैलेख । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका – १, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता भएका छन । गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई अपहरणशैलीमा बेपत्ता पारिएको‌ हो ।

‎उक्त शिशु तीन महिना अगाडि जन्मिएको हो । बमबहादुरका दाजु दीपक बुढाका अनुसार घरमा सबै सुतिसकेका बेला घर पछाडीको रुखमा राखेको खरमा आगो लाग्यो ‌। उक्त कुरा सुरुमा कसैलाई पत्तै थिएन ।

माथिल्लो घरका मान्छेले देखेर खबर गरे, उनी भन्छन्, त्यसपछि बच्चाको आमा, बुबादेखि सबै जना आगो निभाउन गए ।´

‎लगत्तै घरमा आउँदा बच्चा नभएको उनले बताउनुभयो । उहाँका बुझाइमा बच्चालाई लिनमा लागि कुनै समुहले खरमा आगो लगाएको र निभाउन गएको मौकामा बच्चा उठाएर भागेको शंका छ ।


‎बेपत्ता पारिएको बच्चासँग अर्का छोरा पनि साथमा सुतेको थियो । आउँदा ठुलो बच्चा सुतिरहेकै भएपनि सानो बच्चा नभएको उनले बताए।

‎घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । रातिनै प्रहरी त्यहाँ पुगेर खोजतलासी गर्दा कुनै क्लुु पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए ।

अचम्म लाग्दो घटना भयो उनले भने, `अहिले पुनस् त्यहाँ प्रहरी परिचालन गरियको छ।´


‎परिवारले बच्चा खोजी दिनका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा आग्रह गरेका छन्।

Next Post

सोसेक नेपाद्वारा खाँडाचक्र -३ मा सामुदायिक संघ-संस्था संगको अन्तरक्रिया कार्यक्रम

२८ चैत्र २०८१, शुक्रबार ०९:५२
कालिकोट । सोसेक नेपाद्वारा संचालित ससक्त महिला , समृद्धि नेपाल कार्यक्रम अनुरुप खाँडाचक्र नगरपालिका वडा नम्बर ३ मा अन्तक्रिर्या कार्यक्रम गरिएको छ । सामुदायिक संघ – संस्था संगको अन्तरक्रिया कार्यक्रमा हिंसा रोकथाम र प्रभावितलाई कसरी सहयोग गर्न सकिन्छ ? भन्ने बारे जानकारी गराउने उदस्यका साथ गरिएको हो । कालिकोटको दुर्गम […]