कालिकोट । सोसेक नेपाद्वारा संचालित ससक्त महिला , समृद्धि नेपाल कार्यक्रम अनुरुप खाँडाचक्र नगरपालिका वडा नम्बर ३ मा अन्तक्रिर्या कार्यक्रम गरिएको छ । सामुदायिक संघ – संस्था संगको अन्तरक्रिया कार्यक्रमा हिंसा रोकथाम र प्रभावितलाई कसरी सहयोग गर्न सकिन्छ ? भन्ने बारे जानकारी गराउने उदस्यका साथ गरिएको हो ।
कालिकोटको दुर्गम गाउँमा भएका बालबालिका, ज्येष्ठ नागरिक र युवायुवती पुस्ताकाबिचमा बालविवाह , छुवाछूत , जातीय विभेद , छाउपडी पर्था जस्ताको बुझाइ, भोगाइ न्यूनीकरण गरेर परिवर्तनका विषयमा EU/UNFPA को आर्थिक सहयोगमा सशक्त महिला समृद्ध नेपालको सहयोग समन्वयमा खाँडाचक्र नगरपालिकाको आयोजना र सोसेक नेपालको सहजीकरणमा कार्यक्रम गरिएको छ ।
२५ जनाको सहभागीतामा संचालन गरिएको कार्यक्रममा खाँडाचक्र नगर कार्यपालिका सदस्य तथा वडा महिला सदस्य बिज पाण्डेको सभाअध्यक्ष र शिक्षा शाखा प्रमुख जसि प्रसाद चौलागाईं प्रमुख अथिती स्थानीय महिला , बालबालिका , युवा वडामा रहेका समुदायक संघ – संस्थाका प्रमुख वा प्रतिनिधिको सहभागीता रहेको हो ।
फिल्ड अफिसर गणेश भण्डारीले हानिकारक सामाजिक मुल्य मान्यता कम गर्ने छुवाछूत रोकथाम बालबिवाह न्यूनीकरण, , सोसेक नेपाल द्वारा संचालित – सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत वडा नम्बर ३ को कार्यालयमा समुदायमा आधारित संघ संस्था सङ्ग यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा सबै कुरा रोकथामका लागि सबै लागुपर्ने र सोहि अनुरुप लागीपर्न सहभागीलाई आग्रह गर्नुभएको छ ।
उक्त कार्यक्रम सोसेक नेपालका फिल्ड अफिसर गणेश भण्डारीले सहजिकरण समन्वय र साहसिक युवा क्यव महिला उपाध्यक्ष भावना पाण्डेले कार्यक्रम संचालन गर्नुभएको हो ।