उपकुलपतिमा ३ जनाको नाम सिफारिस आवेदन १० जना प्रतिस्पर्धी मध्य

  ।   ७ बैशाख २०८१, शुक्रबार १६:४७

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस भएका नामहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का रहेका छन् ।

गौतम त्रिवि योजना निर्देशनालयका निर्देशकहुन् भने सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो । विज्ञहरुबाट प्रतिस्पर्धीको मूल्यांकन गरिएको समितिले जनाएको छ । उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए ।

शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिफारिस गरे मध्ये १ जनालाई प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । सिंहको कार्यकाल सकिएपछि मध्यपश्चिम विश्वविधालय उपकुलपतिविहीन  रहेको छ ।

Next Post

युवा पत्रकारिता पुरस्कारबाट आठ जना सम्मानित

७ बैशाख २०८१, शुक्रबार १६:४७
सुर्खेत । युवा पत्रकारिता पुरस्कार २०८१ बाट आठ जना सम्मानित भएका छन् । पत्रकार महासंघ सुर्खेत शाखाले वर्षेनी वितरण गर्दै आएको युवा पत्रकारिता पुरस्कारमा आठ जना पत्रकार पुस्कृत भएका हुन । शनिवार महासंघ शाखा सुर्खेतको १२ औं अधिवेशन तथा साधारणसभाका अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नगद र प्रमाणपत्रसहित […]