लिमीका विद्यालयामा अझै पाठ्य पुस्तक पुग्नसकेन

  ।   २३ बैशाख २०८१, आईतवार ११:५६

सुर्खेत। हिमपातका कारण हुम्ला लिमीका विद्यालयामा अझै पाठ्य पुस्तक पुग्न सकेका छैनन् । जिल्ला भरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन धमाधम भई रहेको भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा भने हालसम्म पुग्न नसकेको पाइएको छ । लिमी जाने दुई वटा नाका हिमपातले बन्द भएका कारण पुस्तक लिमीको विद्यालयमा नपुगेका हुन् ।

लिमीको सुनखानी आधारभूत विद्यालयका प्रधानाध्यापकले कर्णजित बुढाका अनुसार सिमकोटमा आइ पुगेका पाठ्यपुस्तक लिमी ल्याउन छैन्। पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलबाट पुस्तक सो विद्यालयका प्रधानाध्यापकले बुजे पनि लिमी जाने चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा हिउँ जमेकाले पाठ्यपुस्तक ढुवानीमा कठिनाइ भएको हो ।

लिमीको विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३३ सेट पुस्तक प्रधानाध्यापक बुढाले बुझेर सदरमुकाम सिमकोटमा राखेका छन्। जिल्लाका १४५ वटा सामुदायिक विद्यालयमा पुस्तक पुगेर पठनपाठन भइरहेको छ। लिमीको सो विद्यालयमा अन्नबाली थन्क्याउने एक हप्ता र लोसार पर्वको बेला चार दिन बाहेक अन्य बेला पठनपाठन हुने गरेको छ । चैत २३ गतेबाट वार्षिक परीक्षा सुरु भएर सम्पन्न भई नयाँ शैक्षिक सत्रको पठनपाठन समेत सुरु भई सकेको छ ।

कक्षा सातसम्म पढाई हुने सो विद्यालयका विधार्थीहरुलाई पुराना पुस्तकबाट पढाई सुरु भएको छ । सो विद्यालयमा १३ जना बालबालिका विद्यार्थी छन् भने कक्षा एकमा चार जना, दुईमा चार जना, तीनमा तीन जना, चारमा दुई जना, पाँचमा तीन जना, छ मा दुई जना र सातमा दुई जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । लिमीका विद्यालयमा तोकिएको समयमा हालसम्म पुस्तक पुग्ने गरेका छैनन् ।

Next Post

देशका विभिन्न भागमा डढेलो र आगलागीका घटनाहरू बढि

२३ बैशाख २०८१, आईतवार ११:५६
काठमाडौँ । देशका विभिन्न भागमा डढेलो र आगलागीका घटनाहरू बढिरहेको छ । नेपाल विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार देशका ७२१ भन्दा धेरै ठाउँका ३ दिनको अवधिमा जङ्गलमा डढेलो लागेको छ । आगलागीबाट वनजंगलको छेउछाउमा रहेका घर गोठ, पशुचौपायका साथै मानवीय जोखिम र क्षतिका घटनाहरू बढिरहेका छन् । अघिल्लो […]