काठमाडौँ । देशका विभिन्न भागमा डढेलो र आगलागीका घटनाहरू बढिरहेको छ । नेपाल विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार देशका ७२१ भन्दा धेरै ठाउँका ३ दिनको अवधिमा जङ्गलमा डढेलो लागेको छ । आगलागीबाट वनजंगलको छेउछाउमा रहेका घर गोठ, पशुचौपायका साथै मानवीय जोखिम र क्षतिका घटनाहरू बढिरहेका छन् ।
अघिल्लो साता सोमबार, मंगलबारसम्म १५ वटा सहरमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा शुक्रबारसम्मको आँकडामा कुनैपनि ठाउँमा ४० डिग्री तापक्रम कटेको अवस्था नरहेको झाले बताए । केही दिन तापक्रम बढ्ने अवस्था नरहेको उनको भनाई छ । अरब सागरबाट चिसो हावा प्रवेश गरिरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीबाट तापक्रममा गिरावट र वर्षाको सम्भावना बढाएको छ ।’
नेपालमा धेरै पानी पर्नका लागि अरब सागरबाट र बङ्गालको खाडीबाट विकास भएको पानी पर्ने प्रणाली नेपाल आइपुग्नुपर्ने मौसमविद् बताउँछन् । एकतिरबाट मात्र पानी पार्ने प्रणाली नेपालमा आइपुग्दा हल्कादेखि मध्यम खालको वर्षा हुने र दुवैतर्फबाट आउँदा भने ठुलो पानी पर्ने मौसमविद् झाले जानकारी दिए ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । शनिवार देशभर सामान्य बदलीको अवस्था रहेको थियो ।
आज (आइतबार) पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली हुनेछ । केही भागमा भने मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबारपनि देशको पहाडी भागमा आंशिक बदलीको अवस्था रहने, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।