कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

  ।   १३ बैशाख २०८१, बिहीबार १७:४१

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए ।

जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् ।

यसैगरी राप्रपा, एकीकृत समाजवादीका एकरएक र स्वतन्त्र एक सांसद छन् । कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Next Post

युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर झडप

१३ बैशाख २०८१, बिहीबार १७:४१
सुर्खेत । धनुषामा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर झडप भएको छ । धनुषा जिल्लाको औरही गाउँपालिकाको वडा नम्बर १ स्थित पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहले आपसमा हानाहान गर्दै सडकमा अवरोध गरेपछि घटना साम्य पार्ने क्रममा प्रहरीसँग झडप भएको हो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि […]