कालिकोट। डोल्पाको सामुदायिक वनमा आगलागी हुदा ३ जना बालक जलेर गम्भीर घाइते भएका छन ।त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ३ मा विहिवार दिउँसो ३ बजे तिर गुच्चे च्याउ संकलनको लागि वनमा गएको बेला आफैंले लगाएको आगोमा परि घाईते भएका हुन |
घाईते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ४ बर्ष १२ का बिबश बुढा, बर्ष १३ का समन्त बुढा, बर्ष १० का सुरज बुढा गम्भीर घाइते भएका छन ।
आफैंले लगाएको आगो निभाउन खोज्दा जलेर गम्भीर घाइते भएका तीनै जना बालकलाई जिल्ला अस्पताल दुनैमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए ।
प्रमुख प्रहरी नायब उपरीक्षकका अनुसार बिहिबार दिउसो २ बजेतिर आगलागिमा परेका बालवालिकाको उद्धार पछि जिल्ला अस्पतालमा ल्याइएको हो । जिल्लामा हुन सक्ने उपचार भई रहेको र तत्काल थप उपचारको लागि आफुले हेलिकप्टरबाट लैजान सकेजति सबै पहल गर्दापनि अत्याधिक हावाहुरीको कारण हेलीकप्टरबाट उद्धार हुन नसकेको बताए । प्रजिअ दाहालले भने भोलि बिहान सम्म हेलीकप्टरबाट थप उपचारको लागि लैजाने बताए ।
आगलागिमा एकै घरका दुई बालवालिका परेका छन भने आगोले वालवालिका करिव ९० प्रतिशत जलेको र उपचार भैरहेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए । डाक्टर उपाध्यायले भने हामीले सकेको उपचार गर्छौ बाँकी भगवानको हातमा छ । एक सातामै डोल्पामा आगलागीमा परेका दुई घटाना भएकाछन भने हाल सम्म ३ जनाले ज्यान गुमाएका छन भने ४ जना उपचारको क्रममा रहेका छन ।
केही दिन पहिले डोल्पामा आगलागीमा परि ३ जना नेपाली सेनाको ज्यान गएको थियो भने एक जनाको उपचार भैरहेको छ।