जगदिश शाही
त्यसैगरी, भेरीगंगा नगरपालिका–७, मूलपानी सामुदायिक वन, बिहानी टोलस्थित हरित पार्क तथा वडा नं. ९ मा अवस्थित रग्बीर बेसार तथा अदुवा उद्योगको समेत अनुगमन तथा निरीक्षण गरेको छ ।
अनुगमनमा मन्त्रालयका सचिव श्री अजित कुमार कर्ण, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख श्री राधाकृष्ण दास, राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश प्रमुख श्री सरोजकुमार सिंहलगायत स्थानीय जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
अनुगमनका क्रममा उद्योगहरूको दिगो विकास, स्थानीय जडीबुटी तथा प्राकृतिक स्रोतसाधनको सदुपयोग, रोजगारी सिर्जना, उत्पादित वस्तुको बजारीकरण तथा हरित पार्कको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि आवश्यक सहजीकरणमा जोड दिइएको छ ।







