मानवसेवा आश्रम निर्माणमा वीरेन्द्रनगर नगरपालिकाले १ करोड ५० लाख सहयोग

  ।   २८ मंसिर २०८१, शुक्रबार १६:२४

सुर्खेत । मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञको सातौँ दिन बिहिबार वीरेन्द्रनगर नगरपालिले १ करोड ५० लाख सहयोग गरेको छ ।

महायज्ञमा सहभागी हुँदै नगरपालिकाको तर्फबाट नगरप्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनालले आश्रमको एउटा ब्लक निर्माणमा लाग्ने डेढ करोड रुपैया दिने प्रतिवद्धता व्यक्त गरेकि हुन् ।

मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन निर्माणको लागि वीरेन्द्रनगरको खुल्लामन्चमा चलिरहेको श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञको आज अन्तिम दिन हो । महायज्ञमा सहभागी हुन छुटेका भक्तजन तथा दाताहरूलाई आज अन्तिम दिन सहभागी भई मानवता पवर्द्धनमा सहयोग गरी पुण्य कमाउन मानवसेवा आश्रमले आह्वान गरेको छ ।

Next Post

मान्ममा बालविकास शिक्षकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

२८ मंसिर २०८१, शुक्रबार १६:२४
कालिकोट । कालिकोट जिल्लामा प्रारम्भिक सिकाई तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बालविकास शिक्षकहरुको क्षमता अभिबृद्धि तालिम भब्य रुपमा सम्पन्न भएको छ । मंसिर १९ गतदेखि संचालन भएको तालिम मंसिर २८ गते सम्पन्न भएको हो । खाँडाचक्र नगरपालिकाका १५ जना प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम दिइएको हो । समाज जागरण केन्द्र स्याक […]