कालिकोट । अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग ठप्प भएको छ।
निरन्तर वर्षाले कालीकोट र दैलेखको सीमानामा पर्ने गगने खोला कालिकोटको एसमोड, हुल्म टिमुरेर र गाल्जेमा पहिरो खस्दा शनिवारदेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाका अनुसार राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।
कर्णाली राजमार्ग अन्तरगर्त कालिकोट खण्डमा मात्रै ६ स्थानमा पहिरो गएको छ। जसमा गाल्जे, शेरीघाट, एसमोड,गगने खोला, टिमुरे, गल्लीमा पहिरो गएको हो। गगनेखोला र हुल्मको पहिरो शनिबार पनी पन्छाउन नसकिएको डीएसपी अर्जुन केसीले जानकारी दिए। उनले भने, ‘पहिरोले बिहानैदेखि सवारी आवागमन ठप्प छ । सवारीसाधन अलपत्र छन्। यात्रुहरु जोखिममा छन्।
पहिरो पन्छाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलि निरन्तर ठाउँ ठाउँमा खटिएको केहि ठाउँ खुलाउन जारी रहेको डिएसपी केसिले बताउनु भयो ।