अपडेट

यस वर्षको दसैँमा जुम्लामा १६ करोडभन्दा बढीको खसी,भेडालगाएतको कारोबार

  ।   २८ आश्विन २०८१, सोमबार १०:१८

जुम्ला । यस वर्षको दसैँको समयमा जुम्लामा मात्रै १६ करोडभन्दा बढीको खसी, भेडा, बोका रागाँलगाएतको कारोबार भएको छ ।

चन्दननाथ नगरपालि पशुपन्क्षि विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगा भैँसीको बिक्री वितरण भएको जानकारी दिनुभयो ।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार नौ सय २८ भेडा तथा खसी बिक्री भएका छन् ।

यस्तै १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैँसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम आठ हजार रहेकामा औसत १६ हजारमा बिक्री भएको जनाइएको छ ।

अधिकतम मूल्य ५० हजार र न्यूनतम २६ हजारमा किनबेच भइरहेका राँगा भैँसी औसत ३८ हजारमा बिक्री भएका थिए । विसं २०६८ देखि तिब्बती भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसी बोका मात्रै बिक्री वितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

Next Post

वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटनामा परेर १ जनाको मृत्युु

२८ आश्विन २०८१, सोमबार १०:१८
सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्युु छ । सोमबार राति मोटरसाईकल दुर्घटनामा परि सुर्खेत उपत्यका नगर विकास समितिमा कार्यरत अमिन महेश पौडेलको मृत्युु भएको हो । वीरेन्द्रनगर–८ कालिञ्चोकबाट घरतर्फ जाँदै गर्दा दैलेख रोडको आचार्य चिया नास्ता अगाडिको सडकमा मोटरसाईकल दुर्घटना हुँदा अमिन पौडेलको मृत्यु भएको हो । […]

सम्बन्धित शीर्षक