सल्यान महोत्सव भित्र राखिएका स्टलमा मध्यराती आगलागी : झण्डै १० करोडको क्षती

  ।   २७ माघ २०८१, आईतवार १०:०४

सल्यान । सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराती आगलागी भएको छ । गएराती ११ बजे आगलागीहुँदा ८० स्टल जलेका छन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा यहीँ माघ १८ गतेदेखि ब्यापारिक केन्द्र श्रीनगरमा महोत्सव सञ्चालन गरिएको थियो ।

गएराती लागेको आगो स्थानीय, नेपाली सेना र प्रहरीले आइतबार विहान १ बजे नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ । १३८ स्टलमध्य ८० स्टलमा भएको र आगलागीका कारण महोत्सवमा झण्डै १० करोडको क्षती भएको छ । आगलागीका क्रममा विद्युत बलिरहेको र विद्युत सट नभएर अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने अनुमान छ ।

आगलागीका क्रममा विद्युत बलिरहेको र विद्युत सट नभएर अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Next Post

जुम्लामा एच.पी.भी. खोप अभियान आजबाट सुरु

२७ माघ २०८१, आईतवार १०:०४
जुम्ला ।  आज देखि पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एच.पी.भी.खोप अभियानको सुभारम्भ भएको छ । देशभर पहिलोपटक संचालन गरिएको एच .पी.भी. खोप अभियान २२ गतेबाटसुरु भइ फागुन ६ गतेसम्म जारी रहनेछ । जुम्लामा भने माघ २७ गतेबाट अर्थात् आजबाट पाठेघर मुखको क्यान्सर विरुद्धको एच.पी.भी.खोप लगाउन सुरु भएको छ । जिल्लाभर […]