जुम्लामा आगोको धुवाँले निस्सासिएर सुत्केरी सहित एक युवतीको निधन

  ।   ८ श्रावण २०८१, मंगलवार १५:०२
साकेंतिक तस्बिर

जुम्ला । जुम्लामा आगोको धुवाँले निस्सासिएर सुत्केरी सहित एक युवतीको निधन भएको छ । जुम्लाको पातारासी गाउँपालिका – ४ कि २२ वर्षिय मायालक्ष्मी महताराको आगोको धुवाँले निस्सासिएर निधन भएको हो ।

सुत्केरी भएको बेला आगो बालेर बच्चालाई सेक्ने चलन हुन्छ । जम्मा ११ दिनकी सुत्केरी महताराको निस्सासिएर निधन भएको छ ।त्यस्तै उनकि बहिनी नाता पर्ने १९ वर्षकी युवती जुनमाया रोकायको समेत उक्त आगोको धुवाँले निस्सासिएर निधन भएको हो । आगोमा धुवाँले निस्सासिएकी महताराको सोमबार नै निधन भैसकेको र रोकायको भने कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार निधन भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले  जानकारी दिए ।

अहिले दुबै सवको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम भैरहेको छ भने ११ दिनको बच्चा समेत बिरामी भएको र अहिले आइसियुमा उपचाररत छ्न् ।

Next Post

कर्णाली सरकारमा कसको नेतृत्वमा जाने, कांग्रेसभित्र रस्साकस्सी

८ श्रावण २०८१, मंगलवार १५:०२
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले सोमबार राजीनामासँगै माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । माओवादी प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । कर्णालीमा माओवादीका १३ जना प्रदेश सभा सदस्यहरु रहेका छन् । माओवादीले […]

सम्बन्धित शीर्षक