कालिकोट । वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडकखण्ड गोठिभिर आठ दिनपछि सञ्चालनमा आएको छ। अवरुद्ध बनेको कालिकोट जिल्ला तिलागुफा नगरपालिका–६ गोठिभिर खण्ड आठ दिनपछि सञ्चालनमा आएको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार असार २८ गते शनिबार बाट ठूला सवारी साधन समेत सञ्चालनमा आउने गरि बटो सञ्चालनमा आएको बताए। सडक खुल्नासाथ जुम्ला, मुगु, कालिकोटको तिलागुफा नगरपालिका, दैलेख, सुर्खेत हुँदै नेपालगञ्ज आवतजावत गर्ने यात्रुहरूलाई सहज भएको छ।
वर्षाका कारण असार २० गते राति लगातारको भारी वर्षाका कारण सडक भत्किँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। विशेषगरी ठूला सवारी साधन सञ्चालनमा रोकिएको थियो भने यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य भएका थिए।
वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम कायमै रहेको जनाउँदै प्रहरी तथा स्थानीय प्रशासनले यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।
वैकल्पिक मार्गको अभावमा सडक अवरोध हुँदा कर्णालीका बासिन्दा अत्यावश्यक सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीयहरूले बताएका छन्। अब सडक सञ्चालनमा आएपछि राहत महसुस भएको जनप्रतिनिधिहरूले बताएका छन्।