जुम्ला । सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सहमति दिने ऐतिहासिक निर्णय भएको छ । बिहीबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई शैद्धान्तिक सहमतिदिने निर्णय गरेको हो ।
लामो समयको प्रयासपछि निर्णय भएको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारितका लागि पहल समितिका संयोजक नरेश भण्डारीले बताउनुभएको छ । भण्डारीका अनुसार पहल समितिले लामो समयदेखि विधेयक दर्ताका लागि पहल गरिएको थियो ।
भण्डारीले मन्त्रीपरिषदबाट भएको निर्णय र नयाँ सपना संकल्पको निरन्तरता भएको संज्ञा र निर्णयका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), गृहमन्त्री रवि लामिछाने, उर्जा मन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री हितबहादुर तामाङ, संचार मन्त्री रेखा शर्मा तथा सिंगो मन्त्री परिषदलाई धन्यवाद दिनुभएको छ।
संयोजक भण्डारीले पहल समिति र सदस्यहरु निर्णय प्रक्रियामा योगदान गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । विधेयक पारितका लागि २०८० चैत महिनामा भण्डारीको संयोजकत्वमा २३ सदस्यीय पहल समिति गठन गरिएको थियो । यसअघि यो विधेयक कर्णाली प्रदेश सभामा विधेयक तत्कालीन प्रदेश सभा सदस्य नरेश भण्डारीले दर्ता गरेका थिए । तर, उक्त विधेयक प्रदेश सभामा पारित हुन सकेन ।
प्रदेश सभामा गैरसरकारी विधेयककारूपमा दर्ता गरिएपनि असफल भएपनि भण्डारीले संघीय सरकारसँग पटकपटक पहल गरिरहेका थिए । पारितकै लागि सरकारलाई दबाब दिन सर्वपक्षीय पहल समिति गठन गरिएको थियो ।
पूर्व सांसद भण्डारीले २०६४ सालमा जुम्लाबाट पहिलो संविधानसभा सदस्य हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विधेयक २०६८ मा तत्कालीन समय दर्ता गराएर ऐनमार्फत् कर्णाली प्रतिष्ठानको स्थापना भएको थियो । यो विधेयकलाई अब कार्यान्वयनको चरणमा लैजाने उनको भनाई छ ।