सुर्खेत मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन भदौ २८ गते हुने

  ।   १ भाद्र २०८१, शनिबार ०९:०७

सुर्खेत । यसअघि स्थगित भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भदौ २८ गते हुने भएको छ ।

(स्ववियु) निर्वाचनका लागी विद्यार्थी सङ्गठनहरु अग्रसर भइसकेका छन् । बिहीबार ९ वटा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो सङ्गठन दर्ता गराएका छन् । स्ववियु निका र्वाचन अधिकृतको कार्यालयमा सङ्गठन दर्ता गरिएका हुन् ।

दर्ता हुनेमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, एमाले निकट अनेरास्ववियु, नेमकिपा निकट विद्यार्थी संघ, क्रान्तिकारी विद्यार्थी सङ्गठनलगायत ९ वटा रहेका छन् ।

यसअघि उपकुलपति नन्दबहादुर सिंह हुँदा अनेरास्ववियूको विषयलाई लिएर अदालतमा मुद्दा परेको थियो । त्यसपछि स्ववियु निर्वाचन रोकिएको थियो । मुद्दाको फैसला भएसँगै निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

यसअघि स्ववियु सभापति नेविसंघले पाएको थियो ।

Next Post

भाद्र ४ गते कर्णाली प्रदेशभरी सार्वजनिक बिदा

१ भाद्र २०८१, शनिबार ०९:०७
सुर्खेत। भाद्र ४ गते कर्णाली प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको हो । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएको छ । उक्त सूचनाअनुसार […]