मतगणना पछि अध्यक्ष पदमा तुलराज मल्लको टिमले जित हाँसिल गरेको हो । चार सय २८ जना प्रतिनिधिमध्ये ४ सय २४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत पदम बहादुर शाहीले बताउनुभएको छ।
जम्मा खसेको मतबाट अध्यक्ष पदका उम्मेदवार तुलराज मल्लले दुई सय १८ मत ल्याएर विजय भएका छन् भने प्रतिसपर्धि दयाराम सिम्खाडाले एकसय ८६ मत प्राप्त गरी हार ब्यहोर्नु परेको छ ।
उपाध्यक्षमा टेक बहादुर बुढा दुई सय १० मत पाउदा प्रतिद्वन्द्वी कमल कुमार शाहीले एक सय ७२ मत प्राप्त गरी पराजित भएका हुन । सचिवमा पुस्पराज आचार्यले दुई सय १२ मत पाउँदा प्रतिद्वन्द्वी खडानन्द चौलागाईंले एक सय ५८ पाएका थिए भने उपसचिवमा पवित्र कुमार शाहीले एक सय ६८ पाउदा प्रतिद्वन्द्वी लंक बहादुर बमले ९८ र प्रेम बहादुर बुढाले ९२ पाएका हुन । त्येस्तै महिला उपसचिवमा तारा कुमारी शाहीले दुई सय १२ पाउदा प्रतिद्वन्द्वी सुभद्रा सिंहले एक सय ५७ पाएकी छन् ।
चैत २१ गते उद्घाटन भएको एमालेको ११औं जिल्ला अधिवेशन निर्वाचन प्रक्रियाबाट २४ गते राती मतगणना कार्य सक्किएको छ भने बाँकि मत परिणाम आईतबार घोषणा हुने बताईएको छ ।