कर्णालीमा कांग्रेसका चार मन्त्रीले सपथ सगै गरे पदभार ग्रहण

  ।   २० श्रावण २०८१, आईतवार १६:०९
कर्णालीमा कांग्रेसका चार मन्त्रीले सपथ सगै गरे पदभार ग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सपथ ग्रहण गरेका हुन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो । जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् । नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण समेत गरेका छन् ।

 

Next Post

कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने मन्त्री बुढा

२० श्रावण २०८१, आईतवार १६:०९
सुर्खेत । आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले बताएकी छन् । आतबार पदभार ग्रहण गर्दै मन्त्री बुढाले हाल कर्णालीका ८३।१३ प्रतिशत घरधूरीमा विद्युतीकरण पुगेको बताउँदै आगामी दुई वर्षभित्र त्यसलाई शत प्रतिशतमा पु¥याउने बताएकी हुन् । ‘दीगो विकास लक्ष्य–२०३० तथा संघीय सरकारले पनि […]