सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न, प्रेरणादायी महिलाहरू सम्मानित

  ।   २३ जेष्ठ २०८३, शनिबार २२:५८

सुर्खेत ।सुर्खेत महिला जेसीज वर्ष २०२६ द्वारा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नारी सम्मान, पुरस्कार वितरण तथा समापन समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनु सुनारको अध्यक्षता तथा नेपाल जेसीज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष जेसी नवराज उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समारोहमा सुर्खेत महिला जेसीजकी संस्थापक अध्यक्ष जेसी सीमा चन्द विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी सुर्खेत महिला जेसीज वर्ष २०२३ की अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२४ की उपाध्यक्ष जेसी सीता भण्डारी र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्ष विक्रम खड्का विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

 

कार्यक्रममा शिक्षा, सामाजिक सेवा, महिला सशक्तीकरण, उद्यमशीलता लगायत विभिन्न क्षेत्रमा समुदायमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका प्रेरणादायी महिलाहरूलाई ‘नारी सम्मान पुरस्कार’ प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित महिलाहरूले समाज रूपान्तरण र महिला नेतृत्व विकासमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै आयोजकले सम्मान अर्पण गरेको छ।

यसै अवसरमा तुलसी स्मृति व्यक्तित्व कला प्रतियोगिता मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल विभिन्न विद्यालयका छात्राहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो। प्रतियोगितामार्फत विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र व्यक्तित्व विकासमा सकारात्मक योगदान पुगेको आयोजकको विश्वास रहेको छ।

सुर्खेत महिला जेसीजले मिति २०८३ साल जेठ १५ गतेदेखि सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससम्बन्धी गतिविधिहरू सञ्चालन गरेको थियो। उक्त कार्यक्रमको औपचारिक समापन पनि यही समारोहमार्फत गरिएको हो।

समापन समारोहमा सुर्खेत महिला जेसीजका पूर्व अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, जेसीज शाखाका पदाधिकारीहरू, पत्रकारहरू तथा विभिन्न क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले महिला नेतृत्व, सामाजिक उत्तरदायित्व र सामुदायिक विकासमा जेसीजको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन, महिला सशक्तीकरण तथा युवाहरूमा नेतृत्व विकासको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सो कार्यक्रमको सञ्चालन सुर्खेत महिला जेसीज वर्ष २०२६ कि  महासचिव जेसी भावना रानाले गरेकी हुन ।