रास्वपा सुर्खेतको नेतृत्वमा सापकोटा पुनः चयन

  ।   २५ जेष्ठ २०८३, सोमबार १२:३४

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतको जिल्ला नेतृत्वमा रमेश कुमार सापकोटा पुनः चयन भएका छन्। पार्टीको जिल्ला भेलाले सापकोटालाई अर्को कार्यकालका लागि जिल्ला सभापतिको जिम्मेवारी प्रदान गरेको हो।

रास्वपाको सुर्खेत जिल्ला संगठन निर्माणको सुरुआती चरणदेखि नै नेतृत्व सम्हाल्दै आएका सापकोटाले पुनः जिम्मेवारी पाएसँगै जिल्लामा पार्टी संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी पार्टीका गतिविधिलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनताका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने योजनामा रहेको बताइएको छ।

सापकोटा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। उनको जितसँगै कर्णाली प्रदेशमा रास्वपाले संघीय संसद्मा प्रतिनिधित्व सुनिश्चित गरेको थियो। प्रदेशभरबाट रास्वपाका तर्फबाट निर्वाचित एक मात्र प्रतिनिधिसभा सदस्यका रूपमा उनको राजनीतिक भूमिकालाई विशेष महत्वका साथ हेरिएको छ।

यातायात व्यवसायसँग आबद्ध रहँदै सामाजिक क्षेत्रमा समेत सक्रिय सापकोटाले वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपाको उपस्थितिलाई बलियो बनाउन योगदान पुर्‍याएको पार्टी कार्यकर्ताहरूको भनाइ छ। विगतदेखि स्थापित राजनीतिक शक्तिहरूको प्रभाव रहेको सुर्खेतमा रास्वपाको संगठन विस्तारमा उनको भूमिका उल्लेखनीय मानिएको छ।

जिल्ला सभापतिको चयन प्रक्रिया सम्पन्न भए पनि उपसभापति, सचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको चयन प्रक्रिया भने अझै जारी रहेको निर्वाचन समितिले जनाएको छ। बाँकी पदहरूको टुंगो लागेपछि पूर्ण जिल्ला कार्यसमितिको औपचारिक घोषणा गरिने बताइएको छ।

नयाँ नेतृत्व चयनसँगै रास्वपा सुर्खेतले संगठन विस्तार, जनउत्तरदायी राजनीति र सुशासनका मुद्दालाई केन्द्रमा राखेर आगामी गतिविधि अघि बढाउने तयारी गरेको छ। जिल्ला भेलाबाट आएको नयाँ नेतृत्वले पार्टीलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

Next Post

दीर्घ बहादुर शाहिको कविता `रित्तो पोल्ठो´

२५ जेष्ठ २०८३, सोमबार १२:३४
दीर्घ बहादुर शाहिको कविता` रित्तो पोल्ठ´ जुन आरन हो पोल्छ लोहाको डल्लो बनाउछ सौम्य आकृति अनि खनी दिन्छ बाझो जमिन उमार्छ पेटको आहार बनाउछ मनोहर मुर्ती सजाउछ मन्दिरको शोभा लाग्छ रङ्गदार मेला कुर्छन ढोगीहरु रित्तो पोल्ठो थापेर आशिर्वाद माग्न लामो लस्कर पछाडी उभिएको छ आरन पुग्दैन मनोहर मुर्तीको नजर र […]