कालीकोट । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालीकोटको मान्ममा जारी कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगिताबाट डोल्पा, हुम्ला र जुम्ला बाहिरिएका छन्।

प्रतियोगितामा डोल्पा दसौँ, हुम्ला नवौँ र जुम्ला आठौँ स्थानमा रहँदै छनोट प्रतिस्पर्धाबाट बाहिरिएका हुन्।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका टोलीहरूबीच प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गर्ने लक्ष्य राखेका छन्।








