नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसमा जुम्लामा रक्तदान कार्यक्रम सम्पन्न

  ।   ६ बैशाख २०८२, शनिबार १२:४१

जुम्ला । नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५६ औं स्थापना दिवसको अवसरमा नेविसंघ जुम्ला द्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा प्रतिष्ठानमा उपचाररत रगत अभाव भएका बिरामीहरूलाई लक्षित गर्दै स्वेच्छिक रक्तदान गरिएको हो।

नेविसंघ जुम्लाका सभापति महेश हमालले संघले विभिन्न समयमा सकारात्मक भूमिका निर्वाह गर्दै आएको बताउँदै कोरोना महामारीको कठिन समयमा पनि नेविसंघले उल्लेखनीय कार्य गरेको स्मरण गरे। उनले आर्थिक रूपमा कमजोर तथा आपतकालीन अवस्थामा रहेका बिरामीहरूलाई रक्तदानबाट राहत मिल्ने र कुनैपनि व्यक्तिलाई रगतको अभावले मृत्यु हुन नदिन संघ प्रतिबद्ध रहेको बताए।

नेविसंघले दीर्घकालदेखि विभिन्न सामाजिक कार्यहरूमा संलग्न हुँदै आएको र संकटको घडीमा पनि अग्रसर भएर काम गर्दै आएको जनाएको छ।

Next Post

सुर्खेतमा फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्युु

६ बैशाख २०८२, शनिबार १२:४१
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान गाडीको ठक्करबा टाउकोमा चोट लागि गम्भीर घाइतेको उपचारको क्रममा मृत्युु भएको हो । कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबा जुम्लाको हिमा गाउँपालिका ४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको मृत्यु भएको छ […]

सम्बन्धित शीर्षक