अपडेट

कर्णाली प्रदेशमा द्वन्द्वपीडितलाई ९ करोडभन्दा बढी राहत, ४ हजार बढीले पाए भत्ता

  ।   १८ श्रावण २०८२, आईतवार ०९:२९

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१८२ मा सशस्त्र द्वन्द्वका सहिद परिवार र घाइतेहरूलाई राहतस्वरूप ९ करोड ६९ लाख ८४ हजार रुपैयाँ भत्ता वितरण गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, ४ हजार ४१ जना लाभान्वित यस योजनाबाट प्रदेशभर लाभान्वित भएका छन्।
योजनाअन्तर्गत २ हजार १२१ जना सहिद तथा बेपत्ता व्यक्तिका परिवार र १ हजार ९२० जना द्वन्द्व घाइतेले वार्षिक भत्ता प्राप्त गरेका छन्। सहिद परिवारका लागि ५ करोड ९ लाख ४ हजार र घाइतेहरूका लागि ४ करोड ६० लाख ८० हजार रुपैयाँ वितरण गरिएको मन्त्रालयका सूचना अधिकारी तुलसीप्रसाद आचार्यले जानकारी दिए।

आचार्यका अनुसार, प्रत्येक लाभान्वित व्यक्तिलाई मासिक २ हजार रुपैयाँका दरले वार्षिक २४ हजार रुपैयाँ प्रदान गरिएको हो।
भत्ताले द्वन्द्वको चोट बिसाउने प्रयासका साथ, सहिद परिवारप्रति सम्मान र घाइतेहरूको जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्य बोकेको मन्त्रालयको भनाइ छ।

प्रदेशका सबै १० वटै जिल्लामा कार्यक्रम कार्यान्वयन भए पनि कालिकोट र सल्यान जिल्ला यस योजनाबाट सबैभन्दा बढी लाभ पाउनेमा परेका छन्।
सल्यानको बागचौर नगरपालिका एक्लैले ७१ लाख ५२ हजार रुपैयाँ पाएको छ, जहाँ २९८ जना लाभग्राही (९४७ सहिद परिवार र २५१ घाइते) रहेका छन्।

यस कार्यक्रममार्फत प्रदेश सरकारले द्वन्द्वपीडितहरूको पीडामा केही राहत पुर्‍याउने र उनीहरूलाई राज्यले बिर्सिएको छैन भन्ने अनुभूति दिलाउने प्रयास गरेको छ।
सरकारको विश्वास छ—साना ठूला यस्ता राहत कार्यक्रमहरूले पीडित समुदायको सामाजिक–आर्थिक पुनर्स्थापनामा सकारात्मक असर पार्नेछ।

Next Post

हुम्लामा करोडौं खर्चिएर बनेका जनता आवासका घरहरू प्रयोगविहीन

१८ श्रावण २०८२, आईतवार ०९:२९
हुम्ला। हुम्लाको विभिन्न गाउँपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएका घरहरू प्रयोगविहीन बन्दै गएका छन्। सरकारको लाखौंको लगानीमा बनेका यी घरहरू हालसम्म पनि स्थानीयको बसोबासमा प्रयोगमा आउन सकेका छैनन्। अदानचुली गाउँपालिका–२ स्थित मकै बस्तीमा जनता आवास योजनामार्फत नौवटा घर निर्माण गरिएको थियो। तर ती सबै घर अहिलेसम्म खाली छन्। स्थानीय […]