महाबै गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

  ।   १३ असार २०८३, शनिबार १६:०३

कालिकोट। महाबै गाउँपालिका को प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास आज कोटखौला मा सम्पन्न भएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) ले प्रशासनिक भवनले सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने बताउनुभयो। उहाँले गुणस्तरीय निर्माण र निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो।

निर्माण व्यवसायीले पनि तोकिएको समयभित्र गुणस्तरीय रूपमा भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गाउँपालिकाको संस्थागत विकास र सुशासन प्रवर्द्धनमा भवन महत्वपूर्ण पूर्वाधार बन्ने विश्वास गरिएको छ।

Next Post

सवारी दुर्घटनामा नगर उपप्रमुख मगरको निधन

१३ असार २०८३, शनिबार १६:०३
  प्यूठान — स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा निधन भएको छ। स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु।प्र।०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा पर्दा उपप्रमुख राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उपप्रमुख राना आफैंले जिप चलाइरहेका […]