बाजुरा । बिवाहामा दुई समुह विच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा भएको विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराका अनुसार झडपमा सोही नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीया रणबहादुर थापाको मृत्यु भएको छ । बिहिबार राति बिहेको निम्तो खान गएका दुई समुह विच दोहोरो झडप भएको हो । झडपमा थापा घाईते भएका हुन ।
थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यू भएको सूचना अधिकारी बोहराले बताउनुभयो । आरोपीत ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाबारे सोधपुछ तथा अनुसन्धान भईरहेको छ ।
पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ७ का वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।