कालिकोट / एसईई परीक्षामा ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने कार्यले बिगबिगी छाएकाे छ ।
जिल्लाकाे खाँडाचक्र नगरपालिका ०३ मा अवस्थित श्री जनजीवन माध्यमिक बिद्यालय र साेहि नगरपालिका ०१ स्थित पञ्चदेव माध्यामिक बिद्यालय परीक्षा केन्द्रमा परीक्षा दिईरहेका बिद्यार्थीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप र म्यासेन्जर ग्रुप बनाई चिट चाेरेकाे बिहिवार सम्पन्न ऐच्छिक प्रथम बिषयकाे परिक्षामा स्राेतले पत्ता लगाएकाे छ ।
जिल्लाका विभिन्न निकायबाट अनुगमनका नाममा परीक्षा केन्द्रहरुमा जाने अनुगमनकर्ताले पनि केही परीक्षा केन्द्रमा माेबाेईल फाेनहरु त दर्जनाैकाे हिसाबले फेला पारे पारे पनि ती फाेन हरुफेला पारेर सम्बन्धित ब्यक्तिहरुलाई नै फिर्ता गर्दा याे समस्या देखिएकाे छ ।
जिल्लाकाे कालिका माध्यामिक बिद्यालय गेला परीक्षा केन्द्रमा २०८०/१२/२१ गते संचालित सामाजिक शिक्षा बिषयकाे परिक्षामा परीक्षा दिईरहेका एक जना बालक तथा जिल्लाकै कालिका माध्यमिक बिद्यालय राँचुलि परीक्षा केन्द्रमा २०८०/१२/२२ गते संचालित ऐच्छिक प्रथम (अर्थशास्त्र ) बिषयकाे परिक्षामा तिलागुफा नगरपालिका २ मा बस्ने कैलाे बाेहाेराकाे परीक्षा तिलागुफा ०२ कै यज्ञराज बस्नेतले दिएका कारण प्रहरीले पक्राउ गरेकाे प्रहरी निरिक्षक पाेषण थापाले बताउनुभएकाे छ ।
सामाजिक सञ्जालमा ग्रुप बनाउने हरु कतिपय बिद्यालयका शिक्षकहरु नै छन् भने कतिपय ग्रुप सदरमुकाम मान्ममा सञ्चालित ईन्स्टिच्युहरुका संचालक रहेका छन् ।
जिल्ला शिक्षा समन्वय ईकाई , जिल्ला प्रशासन कार्यालय देखि लिएर परीक्षा ब्यवस्थापन समिति भएकाे सदरमुकाममै यस्ताे बिगबिगी सामाजिक सञ्जालमा छाईरहेकाे र अनुगमन कर्ताहरुले अनुगमन फितलाे गरेकाे पाईन्छ ।
सदरमुकाम नजिकैको अवस्था यस्तो छ भने गाउँगाउँमा कस्तो हाेला ?