जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।
बैठकमा निष्पक्ष रुपमा निर्वाचन गरिदिने निर्वाचन कमिटीलाई धन्यवाद ज्ञापन गरिएको छ भने यूनेश परियारलाई सदस्यमा मनोनीत गर्ने निर्णय भएको छ ।
पत्रकार महासंघको भवन रहेको जग्गा जिससबाट नामसारी गर्न पहल गर्ने पहल र सल्लाहकार समिति गठन गर्ने निर्णय नवनिर्वाचित अध्यक्ष पूर्ण चौलागाईंको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो ।
त्यस्तै सार्वजानिक सरोकारका विषयमा खबरदारी गर्ने पत्रकारितामा निष्पक्षता प्रदान गर्ने सहितका निर्णय गर्दै नेपाल पत्रकार महासंघ जुम्लाको पहिलो बैठक सम्पन्न हो ।