कालिकोट । पलाँतामा नेपाल टेलिकमको फाईप जी सेवा विस्तार को काम अन्तिम चरणमा पुगेको छ ।
पलाँत गाउँपालिकाका वडा नं.४ का वडा अध्यक्ष तथा पलाँता गाउँपालिका प्रवक्ता तिलक बुढाको पहलमा संचालन भैरहेको नेपाल टेलिकमको फाईप जि सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको हो ।
पलाँत गाउँपालिकाका वडा नं।४ का वडा अध्यक्ष तथा पलाँता गाउँपालिका प्रवक्ता तिलक बुढाका अनुसार गाउँमै फाईप जी सेवा सहितको इन्टरनेट र टेलिफोन संचालन हुँने लागेपछी पलाँता गाउँपालिका स्थानीयवासि देखि स्थानीय तहलाई काम गर्न राहत हुने विश्वास लिएको अध्यक्ष बुढाको भनाई रहेको छ ।
इन्टरनेट सेवा नहुदा यहाँका नागरिकलाई निकै सकस भएका छन । विभिन्न सुचना प्रवाह गर्ने नागरिक सम्म थाहा पाउनका लागि टेलिकमको फाईप जी सेवा विस्तार गर्नुका साथै नागरिकलाई सुचना थाहाँ पाउनको लागि मात्रै नभइ देश तथा विदेशका समसामयिक घटना बारे पनि जानकारी लिनका लागि इन्टरनेट आजको आवश्यकता हो ।
घरबाट बाहिर गएका आफन्त संग पनि कुराकानी गर्नका लागि यो सेवा पलतामा नहुदा निकै कठिनाइ भएको स्थानीय बताउछन् ।
पलता गाउँ पालिका पुर्व अध्यक्ष लक्ष्मण बहादुर बमका अनुसार पलाता गाउँपालिका,पचालझरना गाउँपालीका र मुगु,जुम्ला जिल्ला लाई पनी सुचना संचारको पहुँचमा ल्याउने उदेश्यका साथ फाईप जि सेवा विस्तार गर्न लागेको बताउनु भयो ।